Tuesday, December 20, 2016

कुमारवर्ती कलेजमा लागेको ताला खुल्यो

सीता सापकोटा 


कावासोती, ५ पुस । कुमारवर्ती बहुमुखी क्याम्पसमा चार विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ ।
शुल्क समायोजन गर्नका लागि भन्दै चलाएको आन्दोलन अन्तर्गत आज क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थीहरूविच सहमति भएर लेखा र प्रशासन फा“टमा लागेको ताला खुलेको हो ।
संगठनहरूले शुक्रबार लेखाफा“टमा तालाबन्दी गरेका थिए भने  मंगलबार प्रशासनफा“टमा ताला लगाएका थिए ।
आन्दोलन तीनवटा अखिल क्रान्तिकारी र  नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्तरूपमा आन्दोलन गरेका हुन् । आज २ पटक बसेको वार्तामा सहमति भएको हो । बढेको मासिक शुल्कमा ११ र १२ मा एक सय रुपैयां, स्नातक तह प्रथम, द्वितीय र तृतीय वर्षमा एक सय रुपैयां, चौथो वर्षमा दुई सय रुपैयां र स्नातकोत्तर तहको दुवै बर्षमा तीन सय रुपैयां घटाउने सहमति भएको वार्तामा सहभागी अखिल क्रान्तिकारीका संयोजक शोभा जिसीले बताए ।
त्यस्तै पुस्तकालयमा पुस्तक थप, शौचालयको  सुधार, खेलकुद सामाग्रीमा थप लगायतका मागमा क्याम्पस प्रशासनले  सम्वोधन गरेकाले ताला खोलिएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक ईश्वर गैरेले जनाएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal