![]() |
| १३ बर्षीय बालिकाका बलात्कारका मुख्य आरोपी कृष्ण महतो |
रामकुमार श्रेष्ठ
कावासोती, ५ बैशाख ।
नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार कृष्ण महतो पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउंसो पक्राउ गरेको हो ।
कावासोती १३ लौखानीका कृष्ण महतोलाई उनको आफन्तको घर विराटनगरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
अन्य दुई जना भने अझ फरार रहेका छन् । पक्राउ परेको महतोलाई इलाका प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
गत चैत्र १८ गते सांझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार गरेको थियो ।
प्रहरी नायव उपरीक्षक तिवारीले प्रहरीले महतोलाई चार ठाउँमा पछ्याउंदै जांदा विराटनगरबाट पक्राउ गर्न सफल भएको बताए । सिविलमा गएको प्रहरी नायव निरीक्षक प्रकाश सिंखडा र प्रहरी जवान धनबहादुर कंडेलले महतोलाई पक्राउ गरेको हो ।
बालबालिकालाई बलात्कार गर्नेलाई १२ बर्ष जेल सजाय हुने र सामुहिक बलात्कारका कारण थप सजाय हुने कानुनी प्रावधान रहेको छ ।
बलात्कारको घटनाको अभियुक्तहरु विरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएका दुई साता वित्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।
महिला अधिकारकर्मी, आफन्त, स्थानीय बासिन्दा, बालअधिकारकर्मी लगायतले दिनहुँ जसो आन्दोलन समेत गरेका थिए।

Post a Comment