Saturday, November 12, 2016

कार्यगत एकता कार्यदल गठन

नवलपरासी २७ कार्तिक ।
माओवादी पार्टीहरुबीच कार्यगत एकता आवश्यक रहेको ठहर गर्दै बर्दघाटमा क्रियाशिल तीन माओवादी पार्टीहरुले कार्यगत एकता कार्यदल गठन गरेका छन् । 
उनीहरुले माओवादी आन्दोलनको आगामी कार्यदिशा र स्थानीय मुद्धामा माओवादी पार्टीहरु एकरुपतामा जानका लागि तीन माओवादी घटकहरु सहमत भएका हुन । 
तीन माओवादीले शनिवार बर्दघाटमा संयुक्त भेलाको आयोजना गरी ९ सदस्सीय माओवादी कार्यगत एकता कार्यदल समेत गठन गरेका छन् । 
कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादीका तीनतीन जना सदस्य रहने ब्यवस्था गरिएको छ । 
कार्यक्रममा तीनवटै पार्टीका केन्द्र देखि जिल्ला एंवम् नगरका नेता कार्यकर्ता सहभागी भएका थिए । 
कार्यक्रमका बक्ताहरुले माओवादीहरुबीच शक्ति र जनमत हुदाहुदै पनि एकरुपतामा जान नसकेकोले अन्य दलहरुले माओवादी शक्तिलाई कमजोर ठानेको बताएका थिए । 
उनीहरुले माओवादीहरु एकताबद्ध भए कुनै पनि हालतमा कमजोर नभएको दावी गर्दै कार्यगत एकतामा जोड दिएका थिए । 

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal