रामकुमार श्रेष्ठ
नवलपरासी, ११ मंसिर ।
नवलपरासीमा १५ वटा स्थानीय तह बनाउने बिषयमा सहमति भएको छ । मधेवादी दलले भने यसमा असहमति जनाएको छ । मधेशवादी दल बाहेक अन्य दलको एकमतले ७ वटा नगरपालिका र ८ बटा गाउपालिका बनाउने सहमति भएको नेपाली कांगे्रसका जिल्ला सभापति बिष्णु लामिछानेले बताए ।
नवलपुर क्षेत्रमा ८ वटा स्थानीय निकाय र परासी क्षेत्रमा ७ वटा गरी १५ वटा स्थानीय निकाय बन्ने गरी सहमति भएको नेकपा एमाले नवलपरासीका अध्यक्ष रोशनबहादुर गाहाले बताए ।
परासीमा बसेको सर्वदलीय छलफलबाट जिल्लामा १५ वटा स्थानीय तह बनाउने सहमती भएको लामिछानेले बताए । यसअघि स्थानीय निकायको पुर्नसंरचनाका वारेको पटक पटक बसेको भएको छलफलमा पनि मधेशी दलले असहमती जनाउदै विरोध गर्दै आएको थियो ।
प्रदेश सिमांकन संशोधनको प्रकृयामा रहेकाले नवलपरासीको त्रिवेणी क्षेत्र प्रदेश ४ मा रहने कि ५ मा भन्ने अन्यौता रहेको हुदा त्रिवेणी क्षेत्रलाई वैकल्पिक रुपमा राख्दै १५ स्थानीय तहमा सहमति भएको लामिछानेले बताए ।
स्थानीय विकास अधिकारी तथा प्राविधिक समितीका संयोजक लालकृष्ण्ण शर्मा पौडेलले अहिले कायम रहेको ७ वटा नगरपालिकालाई कायमै राखि ८ वटा गाउपालिका बनाउने सहमती भएको जानकारी दिए ।
पौडेलका अनुसार प्रारम्भिक प्रतिवेदन बुधबार नै आयोगमा पठाइएको छ ।
साविक ७ वटा नगरपालिकालाई नगरपालिका नै कायम गर्ने गरी प्रतिवेदन पठाइएको छ । तथापि देवचुली नगरपालिकामा रजहर गाविस गाभ्दासमेत देवचुलीमा नयांसंरचना अनुसारको नगरपालिका हुनका लागि जनसंख्या अपुगदेखिएको छ ।
गैडाकोटमा भने रतनपुर गाविसलाई गाभेर गैडाकोट नगरपालिका तय गरिएका छ । जसको केन्द्र गैडाकोट हुने छ । त्यस्तैै देवचुलीको केन्द्र देवचुली नगरपालिकाको कार्यालय रहेको स्थान रहने छ ।
दलहरुले नवलपरासीको पहाडि क्षेत्रमा ३ वटा गाउंपालिका राख्ने निर्णय गरेका छन् । जस अनुसार कोटथर, डांडाझेरी, बुलिङ्गटार, अर्खला र भारतीपुरको ७ नं. वडा बाहेकका बांकी वडा राखेर एउटा गाउंपालिका तय गरिएको छ।
त्यसैगरी जौवारी, मिथुकरम, डेढगाउं, रकुवा, रुचाड्ड, नरम र भारतीपुरको ७ नम्बर वडा राखेर एउटा गाउं पालिका तय गरिएको छ । जसको केन्द्र डेढगाउं रहने छ भने अर्कोको केन्द्र बुलिड्डटार तय गरिएको छ ।
हुप्सेकोट, देउराली र धौवादी गरी एउटा गाउं पालिका प्रस्ताव गरिएको छ । त्यसको केन्द्र हुप्सेकोट देउराली हुने छ।
त्यस्तै कावासोती नगरपालिकामा कुमारवर्ती गाविस थप गरेर कावासोती नगरपालिका केन्द्र रहने गरी प्रस्ताव गरिएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिकामा मैनाघाट, प्रसौनी, नयां बेलहानी र राँकाचुली गाविसको १, २ र ५ नम्बर वडा मिसाएर मध्यविन्दु नगरपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र चोरमारा, अरुणखोला रहने छ ।
त्यस्तै दुम्किबास, राकाचुली, वेनिमणिपुर, त्रिवेणी सुस्ता र धुर्कोट गाविसको वडा नं. १ देखि ५ र ९ नम्बर वडा राखेर एउटा गाउंपालिका प्रस्ताव गरिएको छ ।
त्रिवेणी सुस्ता, कुडिया, नरसही, पक्लिहवा र रुपौलिया गाविसको वडा नं. ३ देखि ९ सम्मको वडाहरुलाई मिसाएर एउटा गाउंपालिका प्रस्ताव गरिएको छ ।
गुठीप्रसौेनी, दाउन्नेदेवी, प्रतापपुर, बैदौली, गुठीप्रसौनी र रुपौलिया १ र २ गरी एउटा गाउंपालिका प्रस्ताव गरिएको छ ।
त्यस्तै बर्दघाट नगरपालिकामा जमुनिया, ठूलो खैरटवा, जहदा, सोमनी, रमपुरवा, धुरकोट ८ गरी बर्दघाट नगरपालिका प्रस्तावित गरिएको छ ।
रमपुरवा, हरपुर, कुस्मा, पाल्ही, गेरमी, सनई वडा नं. १, २, ३, ६, ७ ८ र ९ नम्बर वडा राखेर एउटा गाउंपालिका, तिलकपुर, मनरी, सरावल, बडहरा दुवौलीया, रामपुर खैडाना, भुजहवा गरी एउटा गाउंपालिका, प्रस्ताव गरिएको छ ।
त्यस्तै रामग्राम नगरपालिकामा देवगाउं हकुई धुरकोट ६ र ७, सुक्रौली, ६ देखि ९, सनई ४ र ५ र रामनगर गाविसको वडा नं. २ बाहेकका वडाहरु राखेर रामग्राम नगरपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र रामग्राम तय गरिएको छ ।
त्यस्तै सुनवल नगरपालिकामा अम्रोठ, बन्जरिया, रामनगर १, सुक्रौली १ देखि ५ नम्बर सम्मका वडाहरु राखिएको छ। जसको केन्द्र सुनवल रहेन प्रस्ताव गरिएको छ ।

Post a Comment