Thursday, April 13, 2017

पांच बर्षिया बालिकाको बलात्कार

रामकुमार श्रेष्ठ

नवलपरासी, १ बैशाख । नवलपरासीको हुप्सेकोट गाउंपालिकामा पांच बार्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केशबहादुर सारुलाई नियन्त्रणमा लिएको छ ।
हुप्सेकोट गाउंपालिका निवासी सारुले आफ्नै घरमा राति ९ बजे ५ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।
सारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकालाईको स्वास्थ्य जांचका लागि परासी पठाएको प्रहरीले जनाएको छ । उनले राति संगै सुतेकी बालिकालाई जबरजस्तीकरणी गरेको स्थानीयले बताएका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal