Friday, April 14, 2017

सवारी दुर्घटनामा एक जनाको मृत्यु

रामकुमार श्रेष्ठ

नवलपरासी, २ बैशाख ।
नवलपरासीको विनयी गाउंपालिका दुम्किवास घिउखोलामा  मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी दुम्किवासका २७ वर्षका चन्दन महासेठको मृत्यु भएको हो ।
दुम्कीवास प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार  दिउसो ३ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल घिउखोला  नजिकैको कल्बटमा ठोकिएर गम्भीर घाइते भएका महासेठको उपचारको क्रममा शनिबार विहान डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा निधन भएको हो ।
मोटरसाइकल करिब १३ फुट तल खसेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal