रामकुमार श्रेष्ठ
कावासोती, ११ असार । नवलपरासीको सुनवलमा चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा परी १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाले बताउनुभयो ।सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भएको बम विस्फोटमा परी घाइते भएकाहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । नेकपा माओवादी केन्द्रको र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । पुल नजिकै ढुंगामा लुकाइ राखेको बम विस्फोट भएको हो ।
ईलाका प्रहरी कार्यालय सुनवलका अनुसार आईतवार दिउसो साढे २ बजेतिरको समयमा सुनवल ३ नदुवा सोमनाथ बाबा पुल नजिकै बम विस्फोट भएको हो । र्याली सुनवलबाट भुमहितर्फ आउदै गर्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
नेपाली काङ्गेसको र्याली अगाडि कटिसकेको र माओवादिको पुल छेउ पुगको अवस्थामा बम विस्फोट भएको थियो । त्यस्तै माओवादीको पछाडि नेकपा एमालेको समेत र्याली रहेको थियो ।
बम विस्फोट पछि चुनावी र्याली विथोलिएको थियो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले विस्फोटमा परी केही हाताहात भएको बताउनुभयो ।
प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाका अनुसार सुनवल नगरपालिका १२ का मिना चौधरी, सुनवल १४ का श्रीकान्त केवट, फुलकुमारी कडरिया, बेलकुमारी कडरिया र सुनवल १० का ४२ बर्षीय लेखनाथ सुवेदी गम्भीर घाइते भएका छन् । बेलकुमारी र लेखनाथको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइते सबैको टाउकोमा चोट लागेको छ ।
चुनावी र्यालीमा रहेको लु १ ख ६७७३ नम्बरको माइक्रोमा पनि सामान्य क्षति भएको नेकपा माओवादी केन्द्रका उत्सव पौडेलले बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारी आजादले विस्फोटमा परी माओवादी केन्द्रका १२ जना घाइते भएको बताउनुभयो ।
तिवारीका अनुसार माओवादी केन्द्रका हेमन्त चौधरी, मनोज चौधरी र सुमित विक लगायत घाइते भएका छन् ।
त्यस्तै बस चालक ३० वर्षका नरवहादुर विक पनि घाईते भएका छन भने सुनवल ११ केरवानी बस्ने ५७ वषर्का नेपाली काङ्गेसका क्षेत्रीय सदस्य होम नारायण चौधरी समेत घाईते भएको प्रहरीले जनाएको छ । विक र चौधरीको भुमहि अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाइते भएकाहरुको समान्य उपचार पछि रिफर गरिएको छ ।
घटना कसले घटाएको हो भन्नेवारेमा अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आज बर्दघाट नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार विश्वप्रेम पाठक र नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रुद्रप्रकाश उपाध्यायको घर पनि बम फेला परेको छ ।
बम नेपाली सेनाको डिस्फोजल टोलीले डिस्फोज गरेको छ । त्यसैगरी शुक्रवारराती एमालेका मेयरका उम्मेदवार धिरज शर्माको घरमा पनि बम फेला परेको थियो ।
बर्दघाट नगरपालिकाबाट मेयर पदमा उठेकाको घर घरमा बम फेला परेपछि यहाका स्थानीय त्रसित बनेका छन ।
सो बम कसले राखेको हो भन्ने वारेमा केहि खुल्न सकेको छैन । विप्लव निकटका व्यक्तीहरुबाट यस प्रकारको काम भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले बम राख्ने अज्ञात समहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
निर्बाचन कार्यालय र जिल्ला प्रसान कार्यालयले सुरक्षाको राम्रो ब्यबस्था मिलाईएकोले नागरिकलाई ढुक्क भएर चुनावमा भाग लिन आग्रह गरेको छ ।
Post a Comment