नवलपरासी, १८ बैशाख ।
प्राबिधिक शिक्षाले जिविकोपार्जनमा सहयोग गर्ने भएकोले प्राबिधिक शिक्षालाई जोड दिनुपर्ने नवलपरासीको बर्दघाटमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन्।
दाउन्नेदेवी बहुमुखी क्याम्पसको क्याम्पस सभामा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षामा जोड दिन सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने भएकाले प्राविधिक शिक्षामा सबैले ध्यान दिनुपर्ने बताएका हुन्।
उनीहरुले पब्लिक क्याम्पसहरुले शैक्षिक क्षेत्रमा राम्रो योगदान गरेको भएपनि प्राविधिक शिक्षामा जोड दिन नसकेकोले सोतर्फ सबैको ध्यान पुग्नुपर्ने औल्याएका थिए । कार्यक्रममा शम्भुलाल श्रेष्ठ, रविन्द्रबिक्रम हमाल, चुडामणि भण्डारी, रमेश बस्याल, सीता प्रसाई, तपचन्द्र बि.क., नन्दराज ज्ञवाली, सानुप्रेम लामा लगायतले बोल्दै क्याम्पसलाई शैक्षिक भौतिक विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
सभामा क्याम्पस सञ्चालक समिति अध्यक्ष विश्वप्रेम पाठकले क्याम्पसको प्रगति प्रतिवेदन तथा क्याम्पस प्रमुख नरेश खनालले आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
सभा क्याम्पस संचालक समिति अध्यक्ष बिश्वप्रेम पाठकको अध्यक्षता रुद्रप्रकाश उपाध्यायो स्वागत तथा नरेश खनालो संचालनमा भएको थियो ।
सभाले अध्यक्षका लागि त्रिभुवन बिश्वबिद्यालयमा तीन जनाको नाम सिफारिस गर्नुका साथै सर्बसम्मत रुपमा संचालक समिति गठन गर्ने जनाइएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment