नवलपरासीका परासी क्षेत्रमा २ सय ४० वटा मतदान केन्द्र रहेका छन् । यहां एक हजार ४ सय ४० जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, र दुई जना सहयोगी गरी ६ जना कर्मचारी खटिएका छन् ।
मतदान स्थलमा खटिएका कर्मचारीहरुले आजदेखि मतदाताहरुलाई फोटो सहितको मतदाता परिचय पत्र वितरण गरेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोद्याप्रसाद भण्डारीले बताउनुभयो ।
उनीहरुले मतदाता परिचय पत्र लिन आउंने मतदाताहरुलाई मतदाता परिचय पत्र वितरण गर्नुका साथै मतपत्रमा कसरी मतदान गर्ने लगायतका शिक्षा दिने काम पनि गरिरहेका छन् ।
मतदाता परिचय पत्र आजदेखि तीन दिनसम्म वितरण गरिने जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।
त्यस्तै मतदान केन्द्रमा मतदान गराउने कर्मचारीसंगसंगै सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
Post a Comment