Monday, May 21, 2018

वैवाहिक सम्बन्धको १५ औं बर्षगाँठको अवसरमा शैक्षिक साम्रगी वितरण


सुनवल । सुनवल नगरपािलका वडा नम्बर १३ बडेरा निवासी गोपी चापागाई एवं सन्तोषी चापागाईले आफनो बैबाहिक सम्बन्धको १५ औ बर्षगाँठको अवसरमा सोमबार बडेरामा अवस्थित धान्यञ्चल माबीलाई शैक्षिक साम्रगी वितरण गर्नुभएको छ ।
चापागाई दम्पतिले हरेक वर्ष आफ्नै घरमा कार्यकम गरी वैवाहिक वर्षगाँठ मनाउने गरेपनि यो वर्ष विद्यालयका नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्दै  आईरहेका छात्रछात्राहरुलाई कापी, कलम लगायतका शैक्षिक साम्रागी र पंखा प्रदान गरेको हो ।
विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष सुर्य प्रसाद न्यौपाने, विद्यालयका साहायक प्रधानाध्यापक रामराज श्रेष्ठ, शिक्षक, शिक्षिकाहरुको उपस्थितिमा ५६ जना  विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।



Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal