Tuesday, April 24, 2018

विप्लवका विद्यार्थी ताला लगाउने प्रहरी खोल्ने

रामकुमार श्रेष्ठ
नवलपरासी, । विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आफ्ना विभिन्न २० बुदे मागहरु राख्दै नवलपुर जिल्लाका सामुदायिक र निजी विद्यालयरुको गरिदिएको तालाबन्दी प्रहरीले फोडिदिएको छ ।
प्रहरी सामुदायिक विद्यालयमा लगाइदिएको ताला सोमबार खोलिदिएका हुन् । कावासोतीको जीवन ज्योति मावि, शिव मावि, सहिद स्मृति मावि र ज्ञानोदय मावि लगायतका विभिन्न विद्यालयमा लगाइदिएको ताला खोलिदिएका हुन् ।
जिल्ला शिक्षा कार्यालयमा आफ्नो मागको सम्बन्धमा यस अघि ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइसकेको भएपनि मागको सम्बन्धमा कुनै छलफल र सम्बोधन नभएको भन्दै उनीहरुले नवलपुर जिल्लाका अधिकांश निजी र सामुदायिक विद्यालयको लेखा शाखामा तालाबन्दी गरिदिएका हुन् ।
निजी विद्यालयमा लगाइएको तालाबन्दी प्याब्सनले आफूहरु छलफल गरेपछि मात्र निर्णय लिने भने पछि नफोडिएको प्रहरीले जनाएको छ ।
उनीहरुले कावासोती, चोरमारा, प्रगतिनगर, दलदले, अरुणखोला, गैडाकोट लगायतको क्षेत्रमा रहेको अधिकांश निजी र सामुदायिक विद्यालयको लेखा शाखामा तालाबन्दी गरिदिएका हुन् ।
तालाबन्दी गर्दै विद्यालयमा छोडिएको विज्ञप्तिमा चैत्र २८ गते जिल्ला शिक्षा कार्यालयमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनले २०बुदे माग सहित ज्ञापन पत्र बुझाएको भए पनि वास्ता नगरिएको भनिएको छ ।
कावासोतीको सेन्ट जोसेफ मावि, नवलपुर एकेडमी, नोवेल एकेडमी, जीवन ज्योति मावि, शिव मावि, सहिद स्मृति मावि, ज्ञानुदय मावि, चोरमाराको नवजागरण मावि, नवलपुर बोडिङ्ग, ग्रिल भ्याली इ बो स्कूल लगायतका विद्यालयहरुको लेखाशाखामा तालाबन्दी गरिदिएका छन् ।
उनीहरुले शिक्षाको नाममा व्यापारिकण गरिएको, निजी तथा संस्थागत विद्यालयले गरेका शुल्क वृद्धि फिर्ता लिनु पने बर्षै पिच्छे नयां भर्ना भनि पुरानो विद्यार्थीसंग पनि विद्यार्थीसंग भर्ना शुल्क लिने विद्यालयलाई कारवाही गर्नु पर्ने, आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निशुल्क गर्नु पर्ने, विद्यार्थीलाई यातायातमा दिइने ४५ प्रतिशत छुट कडाइका साथ कार्यान्वयन गर्नु पर्ने, सरकारी कर्मचारीका छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा पठाइनु पर्ने, निजी तथा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा बर्षै पिच्छे परिवर्तन गरिने पाठ्यक्रमलाई कम्तिमा ५ बर्षमा परिवर्तन गरि गराइनु पर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै गरी भौतिक पूर्वाधार निर्माण नगरी जिल्लामा सम्बन्धन ल्याउन लागिएको कलेज तुरुन्त खारेज गर्नुु पर्ने, मन्टेश्वरीको नाममा भएको चर्को शुल्क असुली अन्त्य गरिनु पर्ने, विदेशी नाममा प्रक्रिया पुरा नगरि खोलीको विद्यालय बन्द गरिनु पर्ने, अंग्रेजी नाममा राखिएको विद्यालयको नाम परिवर्तन गर्नु पर्ने लगायतका माग राखेका छन् ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal