Sunday, May 13, 2018

पर्सामा हावाहुरीले आँपको चिचिला झार्‍यो


३१ वैशाख, वीरगञ्ज । हावाहुरीले पर्साका किसानहरुले लगाएको फलफूल तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ
सोमबार बिहान आएको हावाहुरीले आँपको चिचिला झार्नुको साथै तरकारी खेतीमा क्षति पुर्‍याएको हो ।

जिल्ला कृषि विकास कार्यालय पर्साले दिएको जानकारी अनुसार हावाहुरीले किसानको आँपको चिचिला झार्नुका साथै तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालय, पर्साका प्रमुख वीरेन्द्र सिन्हाले हावाहुरीले आँपको चिचिला झारेको तर कति क्षति पुगेको छ भन्ने विवरण आई नसकेको जानकारी दिए । ‘हावाहुरीले आँपमा क्षति पुगेको छ । यकिन विवरण आइसकेको छैन,’ उनले भने ‘क्षतिको विवरण संकलन गर्दैछौं ।’

हावाहुरीले वीरगञ्जको नगवामा विद्युतका तार चुडाइदिएको छ । नगवा पोखरीदेखि पूर्व नगवा गाउँ जाने बाटोमै विद्युत्तको तार खसेकोले दुर्घटनाको जोखिम बढेको छ ।

हावाहुरीले विभिन्न ठाउँको विद्युत्त सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको बताए । ‘अहिले एकिन विवरण आईसकेको छैन । मातहतका निकायहरुलाई सबै विवरण संकलन गरेर खबर गर्न भनेको छु’, उनले भने ।
अनलाइनखबर

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal