Wednesday, May 9, 2018

सुस्ता गाउंपालिकामा योजना सम्पन्न गर्न भ्याइनभ्याई

नवलपरासी, २६ बैशाख । नवलपरासीको सुस्ता गाउंपालिकामा अहिले गाउंपालिकाका योजनाहरु सम्पन्न गर्न भ्याई नभ्याई भएको छ ।

त्यसो त सबै नगरपालिका र गाउंपालिकामा योजना सम्पन्न गर्न भ्याइ नभ्याई रहेको छ । तथापि सुस्ता भने यस आर्थिक बर्षको छिटो योजना सम्पन्न गर्ने गाउंपालिका बनेर नमुना गाउंपालिका बन्नका लागि योजना बेलैमा सम्पन्न गर्नका लागि हतारिएका हुन् ।
अहिले हरेक वडा वडामा गएका योजनाहरु सम्पन्न गर्न लागि परेको सुस्ताका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
योजना सम्पन्न गर्न र फरफारक गर्नका लागि उपभोक्ता समितिहरुका लागि भ्याई नभ्याई भएको छ ।
नवलपरासीको सुस्ता गाउपालिका भने जति सको छिटो योजना सम्पन्न गरेर पहिलो हुने दाउमा रहेको छ ।
सुस्ता गाउपालिकाले हाल सम्म वडा नम्बर १, २, ३ र ४ मा ८० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष पाण्डेले बताए । वडा नम्बर ५ मा पनि योजनाहरु तिब्र रुपमा अगाडि बढाईएको बताएको छ ।
बांकी योजना भने जुनसुकै हालतमा पनि जेठ २५ गते सम्म सम्पन्न गरेर असार महिनाभरी आगामी बर्षको लागि बजेट निर्माण र योजना छनौटको बारेमा वडा वडामा छलफल गर्ने गाउपालिका प्रमुख रामप्रसाद पाण्डेले बताए ।
सुस्ता गाउपालिकामा ५ वटा वडा रहेका छन् । गाउपालिका प्रमुख पाण्डेले सुस्ता गाउपालिकालाई नमुना गाउपालिका बनाउने उद्घोष गरे अनुरुप नै नवलपरासीका सवै स्थानीय तह भन्दा पहिले आफ्ना सवै योजना सम्पन्न गरी हरेक क्षेत्रमा नमुनाको रुपमा विकास गर्दै लैजाने बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal