रामकुमार श्रेष्ठ
नवलपरासी, ७ जेठ ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका ३ मा रहेको विनयी खोलामा डुवेर एक जनाको मृत्यु भएको छ ।
आइतबार सांझ तिर विनयी त्रिवेणीमा टेक्टरमा बालुवा लोड गर्न गएका मजदुर विनयी त्रिवेणी २ सुनटाँडी निवासी १६ बर्षीय अर्जुन विकको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार टेक्टरमा बालुवा लोड गर्ने मजदुरको रुपमा काम गर्दै आएका उनले पानीको प्यास लाग्यो भन्दै पानी पिउन गएको भएपनि अबेरसम्म नआएपछि खोज्दै जांदै नदीमा मृत अवस्थामा भेटिएको हो ।
टेक्टरमा बालुवा लोड गर्दा गर्दै पानी प्यासमा लागेपछि खोलाको किनारमा चुवाडीमा पानी खान गएका उनको पानी पिउने क्रममा चिप्लिएर खोलामा खसेपछि नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Post a Comment