रामकुमार श्रेष्ठ
नवलपरासी, ३० बैशाख । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आज आइतबार नेपाल बन्दको आयोजना गरेको छ ।
बन्दको प्रभाव नवलपरासी, रुपन्देही, कपिलवस्तु, चितवन लगायतको क्षेत्रमा विहानैदेखि परेको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने प्रहरीले मालबाहक टक र यात्रुवाहक बसलाई स्कटिङ्ग गरेर पास गराएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको अरुण तेस्रो सम्झौता, भ्रमणको क्रममा भएको भारतीय सेनाको नेपालमाथिको सोझो हस्तक्षेप लगायतको विरोध गर्दै नेपाल बन्द गरेका हुन् ।
बन्दको नेकपा क्रान्तिकारी माओवादीको पनि समर्थन रहेको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएका छन् ।
आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँले बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो । “सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ”–एसपी थापाले भन्नुभयो ।
ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ ।
त्यस्तै धादिङको धुनिवेशी नगरपालिकाको धार्के बजारमा क्लिंकर बोकेका २ वटा ट्रकमाथि आगजनी भएको छ । बन्दका क्रममा चलाएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय नम्बरप्लेटका २ वटा ट्रकमाथि आज बिहान ३ बजे आगजनी भएको हो । ती ट्रकले मंगलम सिमेन्ट उद्योगका लागि भारतबाट क्लिंकर ल्याएका थिए ।
भारतसँग नेपालले गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौताको विरोध स्वरुप विप्लव समूहले आज नेपाल बन्दको आव्हान गरेको छ । बन्दका कारण धादिङबाट काठमाडौं, पोखरा, चितवन लगायत स्थानमा जाने साना तथा ठुला गाडीहरु बाटोमै रोकिएका छन् ।
त्यसैगरी नवलपरासीको दुम्किबासमा बम विस्फोट भएको र गैडाकोटमा कारमा तोडफो भएको नेकपा नवलपुरले दावी गरेको छ तथापि प्रहरीले यसको आधिकारिक पुष्टि गरेको छैन ।
यता हिजो बन्दको पूर्व सन्ध्यामा राँके जुलुस निकाल्ने दुई जनालाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको छ ।
पुरानो कावासोतीमा राँके जुलुस निकाल्ने दुई जनालाई पक्राउ गरेको र उनीहरुको साथमा रहेको मोटरसाइकल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यता हिजो बन्दको पूर्व सन्ध्यामा राँके जुलुस निकाल्ने दुई जनालाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको छ ।
पुरानो कावासोतीमा राँके जुलुस निकाल्ने दुई जनालाई पक्राउ गरेको र उनीहरुको साथमा रहेको मोटरसाइकल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
Post a Comment