कावासोती, २१ चैत्र । नवलपरासीको कावासोतीमा १३ बर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
विहीबार सांझ घर नजिकै खेलीरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरुले समातेर फुटबल चौरमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बालिकामाथि ३ जनाले सामुहिक बलात्कार गरेको र तिनहरुको पहिचान समेत भएको बताए ।
कावासोती नगरपालिका १३ लौखानीका २५ बर्षीय कृष्ण महतो, २७ बर्षीय केशव थापा र कावासोती १३ कै बुढौलीकुना निवासी २६ बर्षीय विनोद गुरु¨ले बालिका माथि सामुहिक बलात्कार गरेका हुन् । उनीहरुको नाममा किटानी जाहेरी समेत परेको छ ।
विहीबार राति घटना घटेको र गाउंलेहरुले शुक्रबार घटनाको बारेमा थाहा पाएर प्रहरीमा उजुरी दिएका छन् । अभियुक्तहरु फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको तिवारीले बताए ।
बालिकालाई मेडिकल रिपोर्टका लागि अस्पताल पठाइएको छ । बालिकाको अवस्था अहिले सुधार उन्मुख रहेको बताइएको छ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment