Saturday, April 2, 2016

मोटरसाइकलको ठक्करबाट मृत्यु

नवलपरासी, २१ चैत्र ।
नवलपरासीको कावासोतीमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।
कावासोती नगरपालिका ३ रामनगर चोकमा पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको लु २ प ८० ९० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा कावासोती ३ का ४० बर्षीय सुजतकुमार क्षेत्रीको निधन भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारका लागि भरतपुर लैजांदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको कुमारवर्ती ३ निवासी ३१ बर्षीय लेखनाथ महतो घाइते भएका छन् । उनको कावासोतीको कालीगण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal