Sunday, April 10, 2016

क्रान्तिकारी पत्रकार परासीमा ज्ञवाली

सुनवल, २८ चैत । एकीकृत नेकपा माओवादीको शुभेच्छुक संस्था क्रान्तिकारी पत्रकार संघ परासी गठन गरिएको छ ।
संघियताका क्रममा नवलपरासी जिल्लाको दाउन्ने देखी पुर्व र पश्चिम भाग भिन्दा भिन्दै हुने क्रममा क्रान्तिकारी पत्रकार संघको दाउन्न्नेदेखि पश्चिम क्षेत्रका पत्रकारहरुको भेलाले गोपी ज्ञवालीको नेतृत्वमा क्रान्तिकरी पत्रकार संघ नेपाल नवलपरासीको तदर्थ समिती गठन गरेको छ ।
क्रान्तिकारी पत्रकार संघ नवलपरासीको कार्यालयमा आईतबार भएको एक भेलाले पत्रकार गोपी ज्ञवालीको संयोजकत्वमा तदर्थ समिती गठन गरेको बताईएको छ । जिल्ला संयुक्त हुद भएको समितीको अध्यक्ष नवलपुर क्षेत्रको भुभागमा परे पछि दाउन्ने पश्चिमका पत्रकारहरुको भेलले यो नयां समिती चयन गरको बताईएको छ ।
एकीकृत माओवादीका जिल्ल ईन्चार्ज राजु प्रसाद हरिजनको विशेष उपस्थितीमा भएको पत्रकारहरुको भेलले तदर्थ समितीको सह संयोजकमा परासी एफएमका पत्रकार वेणीमाधव बस्याललाई चयन गरेको छ भने सदस्यहरुमा नारायण पाण्डे, अशोक हरिजन, विकास पौडेल, विष्णु रोका, धु्रब नारायण बनिया, अब्दुल रज्जाक लगाएत रहनु भएको छ । ४ सदस्य रिक्त रहने गरि बनाईएको नयां समिती १३ सदस्यीय रहने नवनिर्वाचित सहसंयोजक वेणीमाधव बस्यालले बताउनु भयो ।
नवनिर्वाचित समितीको बैठकले क्षेत्र अनुसार पत्रकारहरुको विकास गर्ने र अगामी एक महिना भित्र पत्रकरहरुको स्तर बृद्धिका लागि प्रशिक्षण संचालन गर्ने लगाएतका निर्णय गरको संयोजक गोपी ज्ञवालीले बताउनु भयो । बैठकले आगामी ३ महिना भित्रमा अधिवेशन गर्ने निर्णय गरेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal