नवलपरासी, २८ चैत्र । बैदेशिक रोजगारीका लागि मलेसिया गएका अभिषेक यादवको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
करिव तीन बर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्दै आएका नवलपरासीको गुठीप्रसौनी वडा नम्वर २ का लल्लन यादवको छोरा बर्ष २६ का अभिषेक यादवको मृत्यु भएको जनाएको छ ।
शुक्रवार बिहान करिव १० बजे मलेसियाबाट फोन आए पछि यादवको मृत्युको खबर थाहा भएको पारिवारिक स्रोतले बताएको छ ।
यादवलाई दुई दिन अघिदेखि ज्वरो आएको कारण अस्पतालमा उपचाररत यादवको अस्पतालम मृत्यु भएको हो।
एजेन्टले पठाएको कम्पनीमा उचित पारिश्रमिक नपाएकोले भागेर मलेशियाको पासीकुडा जोहरवारू स्थित आई ओ आई कम्पनीमा काम गर्दै आएका थिए । मृतक यादव दोस्रो पटक रोजगारीको सिलसिलामा मलेसिया जानुभएको थियो ।
उहाँको शब नेपाल ल्याउनका लागि सम्बन्धित निकायले पहल गरी दिन हुन परिवारजनले आग्रह गरेको छ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment