कावासोती, १ बैशाख।
नवलपरासीको कावासोतीमा १३ बर्षीय बालिकालाई सामुहिक बलात्कार गर्ने अभियुक्तहरुलाई पक्राउ गरी तत्काल कारवाही गर्न नवलपरासीका विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
बुधबार ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो।
उनीहरुले घटनाको विषयमा सम्बन्धित पक्षबाट आरोपित युवाहरुलाई तत्काल पक्राउ गरी सत्यतथ्य छानविन गरी पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।
नेपाल विद्यार्थी संघ नवलपरासीका सभापति राजेश पौडेल, अनेरास्ववियु नवलपरासीका उपाध्यक्ष नारायण ढकाल, एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नवलपरासीका अध्यष अनन्त अधिकारी, वैद्य माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष अर्जुन लुइटेल, विप्लव माओवादीका अखिल क्रान्तिकारीका सन्तोष पौडेल र नयाँ शक्ति विद्यार्थीका नवलपुर संयोजक सन्तकुमार माझीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
Post a Comment