दयाराम आचार्य
गैडाकोट (नवलपरासी) । नवलपरासीको गैडाकोटमा रहेको धार्मिक स्थल मौलाकालिका मन्दिर अहिले पर्यटकीय स्थलको रुपमा समेत विकास भएको छ ।
नवलपरासीको गैडाकोट नगरपालिका अन्र्तगत पुर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करिब ४ कि.मि. टाढा समुद्र सतहदेखि ५ सय ६१ मिटर उचाई पहाडि वनको धुरीमा अवस्थित धार्मिक एवम् पर्यटकीय मौलाकालिका भगवतीको मन्दिर पछिल्लो समय धार्मिक पर्यटको गन्तब्यको रुपमा विकास हुदै गएको छ ।
पन्ूौ शताब्दीको अन्त्य तथा सोह्रौ शताब्दीको शुरुतिर करिब ५ सय वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आफ्नो गढीमा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजा अर्चना गर्दै आएकोले मन्दिरको नाम मौलाकालिका रहन गएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।
यहाँ अहिले धार्मिक एवम् तीर्थ स्थलको रुपमा मात्र नभएर पर्यटकीय स्थलको रुपमा समेत विकास भएको छ । मिनी मनकामना समेत भनेर चिनिने मौलाकालिकाको दर्शनका लागि नेपाली भक्तजनका साथै भारतका भक्तजनहरुको समेत घुइचो लाग्ने गर्दछ ।
भक्तजन तथा पर्यटकको सुविधालाई ध्यानमा राख्दै यहां ठाउं ठाउंमा विश्राम स्थल, उकालो उक्लन सजिलो हो भनेर सिढीको समेत व्यवस्था गरिएको छ । त्यसैगरी यहां ठाउं ठाउंमा होटल र वनभोज स्थलहरु पनि प्रशस्त रहेका छन् ।
मौलाकालिकाको टुप्पोमा पुगेपछि नवलपरासी, चितवन र तनहूको संगम स्थल देवघाट र नारायणगढ, गैडाकोटको मनोरम दृष्य सजिलै हेर्न सकिन्छ ।
२०÷२२ बर्ष र अहिले यहां धेरै परिवर्तन भएको मौलाकालिका मन्दिर परिसरमा पुजा सामाग्रीको पसल गदै आएकी गैडाकोट १ की दुर्गा खनालले बताइन् । यहां अहिले धार्मिक दृष्टिकोणले पुजा गर्न, पर्यटकीय दृष्टिकोणले घुम्न र वनभोज खान आउनेहरुको निक्कै घुइचो लाग्ने गरेको छ ।
मन्दिर परिसर व्यवस्थित गदै लगिए पछि यस क्षेत्रमा जाने आन्तरीक पर्यटन बढदै गएका छन् । हाल देशका बिभिन्न ठाउंबाट उल्येख्य रुपमा पर्यटक आउने गरेको अध्यक्ष सापकोटाले बताए ।
मन्दिरलाई धार्मिक र पर्यटन क्षेत्रको रुपमा बिकास गर्दै काम अगाडि बढाउदै गएको र मौलाकालिबाट देवघाटसम्मको बाटो निर्माणको काम पनि अगाडि बढेको सापकोटाले बताए ।
२०३७ साल श्री कृष्ण जन्मअष्टमीका दिन भगवान श्रीकृष्णको पूजा अर्चना र २४ घण्टा अखण्ड हरिकीर्तन सम्पन्न भएपछि, प्रत्येक वर्ष कृष्ण भगवानको पूजा र हरिकीर्तन गर्ने व्यवस्था मिलाउन २०३७ साल आश्विन २५ गते धार्मिक सेवा समिति गठन भयो ।
सोही समितिले २०३८ सालको बडादशैंबाट काशीनाथ पौडेलको विशेष पहलमा मौलाकालिका मन्दिरमा भगवती पूजा अर्चना शुरु गरिएको थियो ।
यहांका समिति यस क्षेत्रलाई धार्मिक, अध्यात्मिक, ऐतिहासिक सामाजिक र पर्यटकीय स्थलको रुपमा गुरुयोजना अनुसार विकास गर्न लागि परेको छ ।
यहां धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास गरेर धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकास गरेसंगै पूजासामग्र विक्री गर्नेदेखि लिएर होटल सञ्चालन गरेर भक्तजन तथा पर्यटकलाई सेवा पुर्याउनेहरुले राम्रो आम्दानी समेत गरेका छन् ।
गैडाकोटबाट मौलाकालिकाको भेदीसम्म यातायातको व्यवस्था रहेको छ भने त्यसबाटमाथि एक देखि डेढ घण्टाको पैदल यात्रा गर्दै उकालो उक्लिएर मौलाकालिका मन्दिर पुग्न सकिन्छ । यो क्षेत्र निक्कै रमणीय क्षेत्र भएकोले पनि दिनहू भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

Post a Comment