Wednesday, April 13, 2016

कावासोती नगर विकास समितीको अध्यक्षमा तिमिल्सीना

ज्ञानु पंगेनी
नवलपरासी, वैशाख १
कावासोती नगरपालिकाको नगर विकास समितीको अध्यक्षमा नारायण प्रसाद तिमिल्सीनालाई मनोनयन गरिएको छ ।
नेपाल सरकारको चैत्र २१ गतेको निर्णय अनुसार तिमिल्सीनालाई बढिमा २ वर्षकालागी मनोनय गरिएको छ नेपल सरकार शहरी विकास मन्त्रालयले चैत्र २४ गते नै जिल्ला प्रशाशन र नगरपालिकाको कार्यालयलाई पत्राचार गरिसकेको भएपनी नगरपालिकामा पत्र अझै आईनपुगेको कावासोती नगरपालिकाका संयुक्त वडा सचिव महेन्द्र बस्ताकोटीले जानकारी दिनुभयो । अहिलेका अध्यक्ष शुरज गुरुङगको कार्यकाल पुरा भएको र पत्र आएपछि नया अध्यक्ष तिमिल्सीनाले कार्यभार सम्हाल्ने बस्ताकोटीले बताउनुभएको छ ।
तिमिलसीना नेकपा एमाले नवलपरासीका पुर्व जिल्ला कमिटी सदस्य तथा साविक कावाासेती गाविसका निबर्तमा गाविस अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal