नवलपरासी, ९ बैशाख
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीकाे दुम्किबास ५, ज्यामिरेमा गएराति भएकाे सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
पश्चिमबाट पूर्व अाउँदै गरेकाे लु १ ख ७८४५ नम्बरकाे ट्रककाे ठक्करबाट दुई जनाकाे घटना स्थलमै ज्यान भएकाे हाे।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको एच अार ३८ आर ४४४८ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ अाउँदै गरेकाे ना .५ ख ८४ नम्बरको ट्रक एकआपसमा ठक्कर खादा कुनै मानवीय क्षति नभएपनि घटनाको अबस्था बुझ्न ट्रकबाट बाहिर निस्कएका ना ५ ख ८४ नम्बरको ट्रक चालक र सहचालकलाई पश्चिम बाट आउदै गरेको अर्को लु १ ख ७८४५ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे।
ठक्करबाट ना ५ ख ८४ नम्बरकाे ट्रक चालक बाँकेकाे शम्शेरगञ्ज ८ निवासी ४२ बर्षीय काजु विष्ट र सहचालक दाङ अम्लिया निवासी १८ बर्षीय निरञ्जन चाैधरीकाे ज्यान गएकाे हाे। भारतीय ट्रक चालक फरार रहेका छन्। अन्य चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।
शव पाेष्टमाटर्मका लागि चाेरमारा राखिएकाे छ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment