रामकुमार श्रेष्ठ
नवलपरासी, ९ बैशाख । प्याब्सन नवलपरासीको यस बर्ष शुल्क नबढाउने निर्णय र सर्वोच्चको कम्तिमा तीन बर्षमा एक पटक मात्र शुल्क बढाउन पाउने गरी गरेको फैसाला विपरित नवलपरासीमा निजी विद्यालयहरुले शुल्क बढाएको छ ।
नवलपरासीमा रहेका ठूला तथा साना निजी विद्यालय प्रायः शुल्क वृद्धि गरेको छ । नवलपरासीको गैडाकोट, बर्दघाट, सुनवल, परासी, लगायतका मुख्यमुख्य सहरहरुमा रहेको क्याम्पसहरु बढी शुल्क वृद्धि भएको छ ।
अनेरास्ववियु नवलपरासीका पूर्व अध्यक्ष मदन गिरीका अनुसार गत बर्ष विद्यार्थी, प्याब्सन र अभिभावक संघ बीच भएको सहमति विवरित नवलपरासीका निजी विद्यालयहरुले शुल्क बढाएका हुन् । जसको अनुगमन समेत गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय नवलपरासीले त्यसको अनुगमन गर्ने भएपनि संयुक्त रुपमा अनुगमन गर्नु पर्ने माग राखिएको गिरीले बताए ।
प्याब्सन नवलपरासीका अध्यक्ष दीपकराज लम्सालले प्याब्सन नवलपरासीले नवलपरासीमा यस बर्ष शुल्क वृद्धि नगर्ने निर्णय गरेको भएपनि आफ्नो ढंगले शुल्क बढाउने विद्यालयप्रति आफूहरु जिम्मेवार नहुने बताए।
शुल्क वृद्धिको विषयमा विद्यार्थी, अभिभावक संघबीच बैशाख १३ गते छलफल हुने तयारी रहेको लम्सालले बताए।
नवलपरासीमा हरेक बर्ष निजी शैक्षिक संस्थाहरुले मनपरी ढंगले आफूखुसी शुल्क बढाउने गर्दछ। कतिपय विद्यालयहरुले गत चैत्रदेखि शुल्क बढाएका छन् भने कतिपयले नयां शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना, मासिक शुल्क लगायतका शुल्कहरु बढाएका छन् ।
शुल्क वृद्धि नवलपरासीका पांच विद्यार्थी संगठन, अभिभावक संघ नवलपरासी लगायतले विरोध गरेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment