कावासोती, ९ बैशाख। नवलपरासीको देवचुली नगरपालिकाको प्रगतिनगरमा भएको जनज्योति सांस्कृतिक
मेलाको चौथो दिन दर्शकहरुको उत्साह जनक सहभागिता रह्यो ।
कलाकारहरु प्रजापति पराजुली, खुमन अधिकारी, तारापति सुवेदी,
अनु गुरु , मीना अधिकारी,
पार्वती बोगटीको साथमा दर्शकहरु निक्कै रमाएका थिए।
मेला बैशाख १४ गतेसम्म चल्ने छ ।
मेलामा अहिलेसम्म ३० लाख आर्थिक संकलन भएको
बसन्त पोख्रेलले जानकारी दिनुभएको छ ।
गत बैशााख १२ गते गएको महाभुकम्पले भत्किएको
धरहराको प्रतिक निर्माण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।
धरहराको प्रतिक विद्यालयलाई हस्तान्तरण गरिने
छ । मेलामा आज एकल तथा सामुहिक नृत्य प्रतियोगिता भएको थियो ।
मेलामा वैष्णवदेवीको गुफाको आकृति मुख्य आकर्षकको
रुपमा रहेको छ ।
Post a Comment