हरि शर्मा
परासी,१० बैशाख ः पत्रिकाबाट प्राप्त गरेको ‘सुन उपहार ’यहाँका एक ग्राहकले पत्रिकालाई नै हस्तान्तरण गरेका छन् । जिल्ला सदरमुकाम परासीबाट प्रकाशितहुँदै आएको परासी पत्र साप्ताहिकले आफ्ना ग्राहकको संख्या बढाउन माघ २६ देखि उपहार योजनासहितको अभियान सञ्चालन गरेको थियो ।
वार्षिक शुल्क पाँचसय रुपैयाँ रहेकोे अभियानमा ग्राहक बनेकालाई एक तोला सुन, १० तोला चाँदी र ल्यावटपसहित ३० जनालाई उपहार बिजेताका रुपमा राखेको थियो । वैशाख २ गते प्रकाशन गरिएको नतिजा अनुसार आधा तोला सुन प्राप्त गरेका बर्दघाट नगरपालिका–७ ज्यामिरेभारस्थित सरस्वती पुस्तक पसलका ताराबहादुर सारुलाई एक कार्यक्रमको आयोजना गरि शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गुणनिधी तिवारीले उपहार वितरण गरेका थिए ।
तिवारीबाट प्राप्त गरेको सुन सारुले पत्रिकाका कार्यकारी सम्पादक केशव पराजुलीलाई हस्तान्तरण गरेका थिए । पत्रिकालाई सुन हस्तान्तरण गर्दै सारुले पत्रिकाको पहुँच नभएका जिल्लाको ग्रामीण क्षेत्रमा पत्रिका पु¥याएर सर्वसाधारणमा विकास निर्माण र अन्य गतिविधिका बारेमा जानकारी दिन अहम भूमिका खेलेको भन्दै आफुले सहयोग गरेको बताएका थिए । पत्रिकाको तर्फबाट उपहार बुझ्दै कार्यकारी सम्पादक पराजुलीले उपहार वापत आउने रकम जिल्लाका दैविक प्रकोप पीडित र अति विपन्न वर्गका विद्यार्थीहरुलाई प्रदान गरिने बताए ।
जिल्लाको पहिलो रंगिन पत्रिकाको रुपमा २०७१ साउनदेखि प्रकाशन सुरु गरेको परासी पत्र नवलपरासीका सबैभन्दा बढी क्षेत्रमा वितरण हुने पत्रिकाको रुपमा रहेको पत्रिकाले जनाएको छ । जिल्लाको १७ पहाडी गाविसबाहेक सबै नगरपालिका र गाविसहरुमा पत्रिका वितरण हुँदै आएको व्यवस्थापनले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment