रामकुमार श्रेष्ठ
नवलपरासी, १३ बैशाख।
नवलपरासीका पूर्व प्रहरीहरुले पनि जलविद्युत उत्पादनका लागि लगानी गर्ने भएको छ ।
नवलपरासीको परासी र कावासोतीमा गरी दुई स्थानमा भएको नेपाल पूर्वप्रहरी संगठन नवलपरासीको भेलाले जलविद्युतमा लगानी गर्ने निर्णय गरेको हो। नेपाल पूर्वप्रहरी संगठनका केन्द्रिय सदस्य अमृता सिग्देलका अनुसार नवलपरासीमा मात्रै करिब तीन हजार पूर्व प्रहरी रहेका छन् ।
ती मध्ये परासी क्षेत्रका एक सय र कावासोती क्षेत्रका एक सय जनाले विद्युतमा लगानीका लागि शेयर आवेदन दिएका छन् । त्यसैगरी बांकीलाई पनि सम्पर्कमा ल्याएर लगानी गराउने निर्णय भएको नेपाल पूर्व प्रहरी संगठन नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले बताए।
केन्द्रिय सदस्य सिग्देलका अनुसार वाहालवाला प्रहरी र पूर्व प्रहरीलाई प्रतिव्यक्ति कम्तिमा ५ हजारदेखि १५ हजार रुपैयाँ सम्मको शेयर लगानी गर्न पाउने गरी शेयर खोलिएको हो ।
नेपाल प्रहरीको अनुरोधमा देशभरका वहालवाला प्रहरी र पूर्व प्रहरीहरुबाट शेयर लगानी गर्ने गरी देशभर जिल्ला जिल्लामा भेला गरिएको छ ।
नेपाल जलविद्युत तथा विकास कम्पनी लि.ले उत्पादन गर्न लागेको ४९ मेघावाटको विद्युत परियोजनामा वाहाला वाला प्रहरी र पूर्व प्रहरीले प्रहरी कल्याण कोषमार्फत एक दशमलब १४ अरब लगानी गर्न खोजेको हो ।
नेपाल सरकारको ५१ प्रतिशत शेयर हुने गरी ८ दशमलब ५० अरबको लगानीमा निर्माण हुने परियोजना ७० प्रतिशत अर्थात ५ दशमलब ९६ अरब र शेयरबाट ३० प्रतिशत अर्थात २ दशमबल ५४ अरब लगानी हुने गरी परियोजना सञ्चालन गर्न लागिएको हो। ती मध्ये शेयरको ४५ प्रतिशत अर्थात १ दशमलब १४ प्रतिशत प्रहरी कल्याण कोषबाट लगानी गर्ने लक्ष्य राखेको छ।
शेयर लगानी र परियोजनाको बारेमा इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक परशुराम तिवारीले जानकारी गराएका थिए ।
त्यसैगरी कावासोतीमा भएको भेलाले नवलपुर स्तरीय पांच सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment