Sunday, April 17, 2016

मुन्द्रीका चौधरीको नेतृत्वमा थारु मोर्चाको पुर्गठन

गोपी ज्ञवाली
नवलपरासी, बैशाख ५ गते । मुन्द्रीका चौधरीको नेतृत्वमा नवलपरासीमा थारु राष्टिय मुक्ति मोर्चाको नयां समिती चयन भएको छ ।
आईतवार भुमहीमा भएको जिल्ला भरिका थारुहरुको एक भेलाले रामनगरका मुन्द्रीका चौधरीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिती चयन गरेको नवनिर्वाचित अध्यक्ष मुन्द्रिका चौधरीले बताउनु भयो ।
मुन्द्रीका चौधरीको अध्यक्षतामा भएको भेलाले उपाध्यक्षमा सुनकेशी चौधरी एवं बासुदेव चौधरी, सचिवमा नम्रता चौधरी, सहसचिवमा मदन चौधरी, कोषध्यक्षमा भिमराशी चौधरी एवं सदस्यहरुमा साबित्रा चौधरी, माया चौधरी, मुकुन्द चौधरी लगाएत निर्वाचित हुनु भएको छ । एमाओवादी निकटको थारुहरुको यो भेलाले जिल्ला समितीमा ७ जना पछि पुछि पुर्ती गर्ने गरि २५ सदस्यीय समिती चयन भएको बताईएको छ ।
भेलामा थारु राष्टिय मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सचिव समेत रहनु भएका सभाषद हमनलाल मोदी प्रमुख अतिथी रहेको सो कार्यक्रममा थारु मोर्चाका केन्द्रीय सदस्य कानु लाल थारु, केन्द्रीय सचिवालय सदस्य सुकई लाल थारु, एमाओवादी नवलपरासीका जिल्ला ईन्चर्ज राजु प्रसाद हरिजन, जिल्ला संयोजक आजाद लगाएत विषेश अतिथीको रुपमा नव निर्वाचित समितीलाई शुभकामना दिनु भएको सचिव नम्रता चौधरीले बताउनु भयो । भेलामा एमाओवादीका ४ नम्बर क्षेत्रका संयोजक जगत श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal