Sunday, April 17, 2016

बाँकी अपराधी तीन दिनभित्र पक्राउ गर्न संघर्ष समितिको चेतावनी

कावासोती, ५ चैत्र । नवलपरासीको कावासोती नगरपालिकामा १३ बर्षीया बालिकालाई सामुहकि बलात्कार गर्ने मध्ये पक्राउ पर्न बांकी २ जनालाई तीन दिनभित्र पक्राउ गर्न संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।
संयुक्त संघर्ष समितिका संयोजक सरिता लामिछानेद्धारा जारी विज्ञप्तिमा अझै दुई जना अपराधीलाई पक्राउ गर्न नसक्नुले आफूहरु सशंकित भएको भन्दै बांकी दुई जनालाई पनि तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
बांकी दोषीलाई तीन दिन भित्र पक्राउ नगरे कडा आन्दोलनमा उत्रिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal