कावासोती, ३० चैत्र ।
नवलपरासीको कावासोती नगरपालिका १३ टांडीमा रहेको दिपेन्द्र निमाविको आज वार्षिक नतिजा प्रकाशन कार्यक्रम भएको छ ।
उतm कार्यक्रम मनिराम पोख्रेलका धर्मपत्ति गुमाकुमारी पोख्रेलको प्रमुख अतिथिमा भएको थियो।
त्यस्तै कार्यक्रममा अक्षय कोष समेत स्थापना गरिएको छ ।
कार्यक्रम स्वर्गिय मनिराम पोख्रेलको सम्झनामा निमार्ण गरिएको अक्ष्यकोष उहाका साइला छोरा समाजसेवी चेत नाथ पोख्रेलले स्थापनाको घोषणा गर्नुभएको हो ।
त्यस्तै जनता उच्च मावि डण्डाको अध्यक्ष समेत रहनुभएका चेतनाथ पोख्रेलले स्थानिय गरिबका छोराछोरिलाई पढाउने उद्देश्यले कोषको स्थापना गरिएको बताउनुभयो।
त्यसैगरी आज नै नवलपरासीको हसौरामा रहेको सरस्वती उच्च माविमा पनि नतिजा प्रकाशन गरिएको छ ।
यता कावासोती ३ मा रहेको जीवन ज्याति उच्च माविमा पनि आज बार्षिक नजिता प्रकाशन गरिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment