परासी, २८ चैत । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य झकप्रसाद शर्माले एमाओवादीले कार्यकर्ताको वर्गीकरण गरी व्यवस्थित गर्न लागेको बताउनुभएको छ ।
प्रदेश नम्बर ५ का सचिव समेत रहनुभएको एमाओवादीका पोलिटब्युरो सदस्य शर्माले नवलपरासीको परासीमा आज भएको विस्तारित जिल्ला बैठकमा प्रशिक्षणको क्रममा यस्तो बताएका हुन् ।
एमाओवादी सत्तामा गए पछि कार्यकर्ताको वेवास्ता गरेको आरोप लागिरहेको अवस्थामा कार्यकर्ताको वर्गीकरण गरी व्यवस्थापन गर्ने कामले पार्टी कार्यकर्तामा उत्साह थपिएको नवलपरासी जिल्ला अधिवेशन आयोजक समिती सदस्य एवं पूर्व सभाषद् सीता बौडेलले बताउनुछ ।
नेता शर्माका अनुसार एकीकृत माओवादीले निष्ठावान, लगनशीलता, निरन्तरता, कार्यकुशलता, जनतामा स्थापित लगायतका आधारमा मुल्यांकनको विधी बनाई रहेको बताउनुभयो । कार्यकर्ता वर्गीकरणका आधारमा आगामी समयमा राजनैतिक नियुक्ती, पार्टीमा पादोन्नती गरिने बताईएको छ ।
नेता डा. बाबुराम भटटराईले एमाओवादी परित्याग गरेपछि नवलपरासीमा पनि जिल्लाका शिर्षस्त एवं पूर्व सभाषदले समेत एमाओवादी परित्याग गरे पछि नवलपरासीमा एमाओवादी पर्नगठनको प्रकृयामा यस प्रकारको दोस्रो बैठक बसेको हो।

Post a Comment