गोपी ज्ञवाली
सुनवल, २१ चैत्र । हाटबजार सार्ने बिषयमा भएको विवादमा नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच झडप हुंदा प्रहरी र स्थानीय दुवै तर्फ गरी ११ जना घाइते भएका छन् ।
सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आईतबारे हाटबजार सुनवल नगरपालिकाले नदुवाटोलमा सार्न खोजेपछि स्थानीय बासिन्दा, व्यापारी र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा स्थानीय देवी घिमिरे,
यमप्रसाद चापागाई, यमकुमारी चापागाइर्, रिता कुवर, चन्द्रिका ढेंगा, यमकुमारी सूर्यवंसी, घनश्याम श्रेष्ठ लगायतका स्थानीय बासिन्दा घाईते भएका छन् ।
यस्तै प्रहरीतर्फ पनि ४ जना घाईते भएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभएको छ।
सुनवल नगरपालीकाले स्थानीय र व्यापारीसंग सल्लाह नै नगरी एकलौटी रुपमा बजार सार्न
खोजेको आरोप स्थानीय तथा व्यापारीको छ ।
व्यापारीले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन् । तर नगरपालिकाका अधिकृत माधवप्रसाद ढकालले भने बजार क्षेत्रमा हाटबजार भएको र नगरपालिकाको सेवा प्रवाहमा असर परेको भन्दै तत्काल हटाउने अडान लिनुभएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment