Monday, April 4, 2016

अवैध गिटी बालुवा निकासी गरेका आठ ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी, २३ चैत्र ।
नवलपरासीको कावासोती र दुम्किबासबाट अवैध रुपमा गिटी बालुवा निकासी गरेको आठ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक परशुराम तिवारीका अनुसार दुम्किबासको विनयी खोलाबाट बालुवा ल्याउंदै गरेको दुई वटा ट्याक्टर र कावासोतीको केरुड्डे खोलाबाट गिटी उठाउंदै गरेको ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
दुम्किबासको खोलाबाट गिटी ल्याउंदै गरेको ट्याक्टरलाई सोमबार सांझ र केरुड्डे खोलाबाट आज मंगलबार विहान ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले ग १ त १४३१, लु २ त ७९९६, ना ३ त ५५७२, लु २ त ७३०३, ना ३ त २२८४, ना ३ त ३३४४, लु २ त ३४७३ र ना २ त २६३२ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको ट्याक्टरलाई जिल्ला विकास समिति नवलपरासीबाट जरिवाना काटेर छाडिने जनाइएको छ । पछिल्लो पटक नदीजन्य वस्तुको अवैध निकासी बढ्दा पनि नियन्त्रणमा लिन नसकेको भन्दै प्रहरी, प्रशासन, जिविस र वन कार्यालयको आलोचना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal