Saturday, April 16, 2016

कसरी पक्राउ परे फरार अपराधि

रामकुमार श्रेष्ठ

१६ दिनसम्म प्रहरीलाई छल्दै भागेको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त कृष्ण गौतम अन्ततः मोरड्डको विराटनगरबाट समातिएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीका अनुसार उनी आफन्तको साथीको डेरामा लुकेर बसेको अवस्थामा विराटनगरबाट शुक्रबार पक्राउ परेका हुन् । उनलाई शनिबार कावासोती ल्याइएको छ ।
बलात्कार गरेको हल्लाखल्ला भएपछि गाउंबाट फरार भएको तीन जना बलात्कारको घटनाको दोस्रो दिन अर्थात चैत्र १९ गतेसम्म तिनै जना एक अर्काको सम्पर्कमा थिए । त्यसपछि प्रहरीले खोजतलास गर्न थालेको र घटना सार्वजनिक भएपछि तीन जना आआफ्नो ढंगले फरार भए । फरार मध्येका कृष्ण महतो अष्ट्रेलिया जाने सक्ने सम्भवना रहेको कारण प्रहरीले उनीमाथि विशेष निगरानी राख्न थाल्यो अर्थान महतोको खोजी कार्यलाई पहिलो प्रथामिकतामा राख्यो ।
कावासोतीबाट फरार भएका महतो केही दिन चितवनको भरतपुरमा लुकेर बसे । मोबाइल प्रयोग नगरेको कारण उनको लोकेशन पत्ता लगाउन समस्या परेको प्रहरीले उनका आफन्तहरुको मोबाइल, उनका आफन्तहरुको सम्पर्क खोज्दै अनुसन्धान शुरु गर्यो । प्रहरी पछ्याउंदै जांदा उनलाई पक्राउ गर्ने नजिक नजिक पुग्दा उक्त स्थानमा महतो फरार भईसकेको हुने गरेका कारण तत्काल पक्राउ गर्न नसकिएको अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक प्रकाश सिंखडाले बताए ।
सिंखडाका अनुसार महतो भरतपुरबाट काठमाडौं गए काठमाडौंबाट जहाजमा सुनसरी र सुनसरीबाट विराटनगर पुगे । प्रहरीले भरतपुर, काठमाडौं र सुनसरीमा महतो बसेको ठाउं पत्ता लगाए पनि प्रहरी पुग्दा उनी त्यहांबाट हिडिसक्ने गरेका पाइयो।
अन्ततः विराटनगरमा आफन्तको साथीको डेरामा लुकिरहेको अवस्थामा उनी पक्राउ परे। पक्राउ परेको महतोलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ भने अदालतमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ । उनीसंगै फरार दुई जना अझै पक्राउ परेका छैनन् । दुवैको खोजी कार्य तिव्र पारिएको प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए ।
नवलपुर प्रहरीले घटनाको अनुसन्धानको क्रममा सिविआर, अपराध अनुसन्धान महाशाखा, सुनसरी प्रहरी र विराटनगर प्रहरीको सहायता लिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

Copyright © 2016 Daunne Online Shared by Midnepal