Sunday, April 17, 2016

घरायसी झगडाले दुई छोराको हत्या गरी बुवाद्धारा आत्महत्या

रामकुमार श्रेष्ठ
नवलपरासी, ५ बैशाख।
नवलपरासीको दुम्किबास ५ दाउन्ने डांडामा रहेको गुम्बामा एक जना पुरुषले आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
दुई दिन अघि श्रीमतिसंग झगडा गरेर घरबाट निस्केको नवलपरासीको देवचुली नगरपालिका १ निवासी २८ बर्षीय प्रताप कुमालले आफ्ना दुई छोराको घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक युवराज न्यौपानेका अनुसार शनिबार सांझ दाउन्नेको गुम्बातिर उक्लेका कुमाल आइतबार विहान मृत अवस्थामा भेटिएका थिए ।
प्रहरी निरीक्षक न्यौपानेका अनुसार उनले आफ्ना ११ बर्षीय छोरा प्रतिक कुमाल र ९ बर्षीय छोरा एन्जल कुमाललाई घाँटी थिचेर हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।
प्रतिक्षालयमा तीन जनाको शव स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal