रामकुमार श्रेष्ठ
नवलपरासी । गत बैशाख १२ गते गएको महाविनासकारी भुकम्पका कारण भत्किएको धरहरालको प्रतिमुर्ति निर्माणका लागि नवलपरासीको प्रगतिनगरमा आयोजना गरिएको जनज्योति सांस्कृतिक मेलामा आइतबार धरहराको प्रतिमूर्तिको शिल्यान्यास गरिएको छ ।
मेलाको सातौं दिन आइतबार गत बर्ष भुकम्प गएको एक बर्ष पुरा भएको दिन पारेर धरहराको प्रतिमूर्ति निर्माणका लागि शिल्यान्यास गरिएको हो । पूर्व मन्त्री महेष आचार्यले धरहराको पूतिमूर्तिको शिल्यान्यास गरेका हुन्।
वैदिक धर्म सनातन समाजले आयोजना गरेको सांस्कृतिक मेलामा धरहराको प्रतिमूर्तिको शिल्यान्यास पछि बोल्दै पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता महेष आचार्यले भुकम्पले देश तहसनहस भएको भन्दै अब सत्ता पक्ष र प्रतिपक्ष नभनिए पुननिर्माणमा लाग्नु पर्ने बताए। उनले आफूहरु प्रतिपक्ष भए पनि यस पुननिर्माणका लागि प्रतिपक्ष भएर नभई एक साथ लाग्ने र त्यसका लागि सरकारले तदारुकताका साथ काम अगाडि बढाउउनु पर्नेमा जोड दिए।
२० फिट अग्लो धरहराको प्रतिक निर्माण गरी जनज्याति उच्च माविलाई हस्तान्तरण गर्ने गरी धरहरा निर्माण गर्न लागिएको हो। मेलामा भुकम्पबाट भएको क्षति र मृतआत्काको शान्तिको कामनाका साथै हिन्दु धर्मको कला संस्कृतिको जगेर्नाको लागि मेला आयोजना गरिएको मेला प्रचारप्रसार समितिका संयोजक राजु श्रेष्ठले बताए।
कला संगीत मार्फत धार्मिक प्रचारप्रसार र धार्मिक सचेतना जगाउने उद्देश्यले गरिएको मेलाको सातौं दिन सगरमाथा टिलिभिजनबाट प्रत्यक्ष प्रशारण समेत गरेको थियो । सातौं दिन मेलामा गायक प्रजाप्रति पराजुली, हास्यकलाकार जितु नेपाल, दिपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । आइतबार शिल्यान्यास गरिएको धरहरा एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भुकम्पले देश तहसनहस भए पनि नेपालमा सनतानदेखि चल्दै आएको सनातन धर्म ढलेको छैन । हाम्रो धरहरा फेरि उठाउन सक्छौं भन्ने ध्येयले मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोकज पं. बन्धुराज खनालले बताए ।
मेला बुधबारसम्म चल्ने छ । मेलामा एक सय ५० वटा स्टलहरु रहेका छन् । मेलामा आइतबार दशहजार बढी दर्शकले अवलोकन गरेका थिए । मेलामा प्रमुख आकर्षणको रुपमा वैष्णवदेवीको गुफा रहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment