Monday, April 25, 2016

क्षमता अभिवृद्धि तालिम

नवलपरासी, १३ बैशाख। माझी, मुसहर बोटे कल्याण सेवा  समिति  नवलपरासीको  आयोजनामा  कावासोतीमा  भएको क्षमता अभिवृद्धि तालिम आज सकिएको छ ।
शनिबारबाट शुरु भएको तालिम आज सकिएको हो । तालिममा महिला अधिकार मञ्च, भूमि अधिकार मञ्च, विद्यालय व्यवस्थान समिति, स्थानीय सहकारी लगायतका पदाधिकारीहरु गरी २२ जनाको सहभागिता रहेको थियो ।
तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।
कार्यक्रम माझी, मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षता र चित्रबहादुर माझीको सञ्चालनमा भएको थियो ।
तालिममा मध्यवर्ती क्षेत्र निकुञ्ज द्वन्द विश्लेषक छविलाल न्यौपानेले तालिम दिनुभएको थियो ।
तालिममा कसरी नेतृत्व विकास गर्ने, समाजका अगुवा कार्यकर्ताहरुले समाजलाई कसरी नेतृत्व प्रदान गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal