Monday, May 9, 2016

सार्वजनिक सुनुवाई कार्यक्रम

कावासोती, २७ बैशाख ।
नवलपरासको कावासोतिमा रहेको नगरपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।
शिवमन्दिर महिला बहुउद्देश्य सहकारी संस्थाको आयोजनामा नेपाल सरकार कृषि मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना पि ए सि टि को साझेदारीमा संचालित व्यवसायिक गाई पालन तथा दुध उत्पादन प्रबद्धन उपआयोजना अन्तर्गत आज सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
शिवमन्दिर महिला बहुउद्देश्य सहकारी संस्था अध्यक्ष खगिसरा गुरुङको अध्यक्षता भएको कार्यक्रममा यस संस्थाको बारेमा सबैलाई जानकारी गराउनको लागि सार्वजनिक सुनुवाई गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा कावासोती नगरपालिकाका प्रशासन शाखाका प्रमुख महेन्द्र बास्ताकोटी, कृषि पशु सेवा कार्यालय कावासोतीका प्रमुख बुद्धि बहादुर देउजा, नगर महिला समन्वय समितिका उपाध्यक्ष खिना भुसाल, जगतकाजि गुरुङ, योगप्रसाद रिजाल, बसन्त रावल, शुक्र बानिया, गीतामाया पाण्डे, गुरुप्रसाद अधिकारी, बेद प्रसाद काफले विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal