कावासोती २७ बैशाख । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले नेपालमा जनवादी क्रान्ति गर्न लागि माओवादीबीच सिद्धान्तनिष्ट एकता हुनुपर्नेमा जोड दिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी नवलपरासी अन्तरगत इलाका संयोजकहरुको सोमबार दाउन्नेमा भएको भेलाबाट उक्त निष्र्कष निकालिएको हो ।
भेलामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले नयां जनवादी क्रान्ति कम्युनिष्टहरुको अभिभारा भएकाले त्यस मुद्धामा आउने कुनै सुकै कम्युनिष्टहरु बीच सिद्धान्तनिष्ट एकता हुने बताउनुभएको थियो ।
नेता लम्सालले क्रान्तिको शर्तमा एकता हुने र संसदवादमा रमाउनका लागि जो कोही संग पनि एकता हुन नसक्ने औल्याउनुभएको थियो । भेला सो पार्टीका सहसंयोजक सुर्य न्यौपानेको संचालनमा भएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment