Sunday, May 15, 2016

दुम्किबास घटनाको हत्यारा अझै पत्ता लागेन

रामकुमार श्रेष्ठ
नवलपरासी, २ जेठ ।
गत बैशाख २४ गते विभित्स हत्या गरिएर फालिएको अवस्थामा नवलपरासीको दुम्किबासमा शव भेटिएको घटनाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
दुम्किबासमा भेटिएको शव कस्को हो भन्ने सनाखत भई नसकेपनि उक्त शव नवलपरासीको देउराली ६ झ्यालबास निवासी भारतीय मुलका २१ बर्षीय वृजमोहन गुप्ताको रहेको उनका आफन्तले दावी गरेका छन् ।
मृतकको टाउको अझै नभेटिएका कारण उक्त शव कस्को भन्ने डिएनए परीक्षणबाट मात्रै पत्ता लाग्ने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।
दुम्किबासमा बस्दै आएका गुप्ता बसेकै कोठा पछाडि उनको शव भेटिएको हो । उनको शव धारिलो हतियार प्रहार गरी विभत्स तरिकाले हत्या गरिएर कवाडी अर्थात् फोहोर राख्ने ठाउंमा भेटिएको थियो।
वृजमोहनका भाई जगमोहनप्रसाद गुप्ताले शव आफ्नै दाईको भएको दावी गरे । उनले शव भेटिएको निर भेटिएको मृतकको पोशाक, मोबाइलको सिम आदिको आधारमा शव आफ्नो दाईको भएको दावी गरे ।
मृतकको शव पोष्टमार्टम गरेको र थप परीक्षणका लागि डिएनए गर्न पठाइएको प्रहरीले जनाएको छ। उनको शव स्थानीयले निक्कै गलिसकेको अवस्थामा भेटिएको थियो । शव गलिसकेको अवस्थामा भेटिएको कारण शव पोष्टमार्टम गरेर गाडिएको र शवको पहिचान हुन नसकेको कारण डिएनए गर्न पठाएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले भने प्रहरीले आफूहरुलाई खबर नै नगरी शव गाडेको भन्दै गुनासो गरेका छन् ।
बैशाख १७ गतेसम्म परिवारको फोन सम्पर्कमा रहेका गुप्ता १८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । कवाडी संकलन गर्ने र विक्री गर्ने उनलाई उनकै पाटनर्र सुरेन्द्र शाहले हत्या गरेको हुन सक्ने आशंकामा सुरेन्द्र शाह सहित दुई जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएका थिए।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले घटनाको अनुसन्धान तीव्र पारिएको बताए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal