Sunday, May 15, 2016

बर्दघाटमा फुटबल प्रतियोगिता हुने

बर्दघाट, २ जेठ ।
नवलपरासीको बर्दघाट ४ बाढिपिडितमा रहेको चौतारी यूवा बिकास प्रतिष्ठानको आयोजनामा फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै यहि जेठ ८ गते देखि जिल्ला स्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता संचालन गर्ने बताएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, सिल्ड मेडल र प्रमाणपत्र,द्धितिय हुनेलाई नगद २५ हजार,सिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक मनिस के.शीले बताउनुभएको  छ । खेल संचालनका लागि ३लाख ८५ हजार खर्च हुने आयोजकले जनाएको छ ।
प्रतिष्ठानले गतबर्ष पनि महिला हिंसा न्यूनिकरणका लागि फुटवल प्रतियोगिता भन्ने नारालाई आत्मसाथ गर्दै जिल्ला स्तरिय महिला फुटवल प्रतियोगिता आयोजना गरेको थियो ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal