Tuesday, May 31, 2016

१३ बर्षीया बालिकालाई बलात्कार घटनाका साक्षीहरुको वकपत्र विहीबार हुने घटना मिलाउन पीडित पक्षलाई व्यापक दबाब

रामकुमार श्रेष्ठ
कावासोती, १८ जेठ। नवलपरासीको कावासोतीका १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार घटना सम्बन्धी पीडित र पीडक पक्षको साक्षीको विहीबार जिल्ला अदालत परासीमा साक्षी पकपत्र हुने भएको छ ।
जाहेरी दिनेवाला, पीडित र पीडकका साक्षीहरुको वकपत्र हुने अर्थात साक्षीहरुको वयान लिने काम हुने भएको हो ।
पीडितका पक्षमा मुद्दा लडिरहेका अधिवक्ता चेतप्रसाद डुम्रेले त्यसका लागि अदालतले विहीबारको मिति तय गरेको बताए ।
गत चैत्र १८ गते कावासोतीमा १३ बर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका तीन जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले तीन साता लगाएर पक्राउ गरी मुद्दा चलाएको हो।
पक्राउ परेकोलाई जिल्ला अदालतले पुर्पुक्षका लागि थुनामा पठाएको छ। बहस विहीबार हुने भएपछि वहसको दिन नजिकिंदै जांदा पीडित पक्षलाई घटना मिलाउन र वयान फेर्न व्यापक दबाब दिने गरेका छन् ।
बालिकाका आमाले आफूलाई पीडक कृष्ण महतोको आफन्तले पटक पटक दबाब दिने गरेको बताए। उनले दिनरात कहिले को कहिले को आएर घटना यही मिलाउन र बालिकालाई गाउंमा न्याय दिलाउन भन्दै दबाब दिने गरेको हो ।
सोमबार राति मात्रै पनि बालिकाका आफन्त सबैलाई बोलाएर छलफल समेत गरेको र घटना मिलाउन दबाब दिएको बताए । उनीहरुले पटक पटक फोन गर्ने, घरमै आएर दबाब दिने, बालिकाको लालनपालन र विवाहसम्म गरिदिने जिम्मा लिने लगायतका प्रलोभन देखाउने गरेको छ ।
त्यस्तै पीडकका पक्षहरुले पीडितको पक्षमा साथी बसेकाहरुलाई समेत वयान फेर्न दबाब दिने गरेको छ ।
बलात्कार घटनाका मुख्य योजनाकार कृष्ण महतो, विनोद गुरुङ र केशव थापा  गरी तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ। ३ जना मध्ये महतोलाई विराटनगरबाट, गुरुङलाई कावासोतीको थकाली चोकबाट र थापालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
गत चैत्र १८ गते साझ कावासोतीकी १३ वर्षया वबलिकालाई ३ जनाले सामुहिक बलात्कार गरेर फरार भएका थिए।
तीन जनालाई अदालतले दोषी ठहर गरेमा कम्तिमा पनि १२ बर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal