Tuesday, May 31, 2016

खोलामा डुबेर ७ बर्षीय बालकको मृत्यु

ज्ञानु पंगेनी
कावासोती, १८ जेठ । 
नवलपरासीको मध्यविन्दु नगरपालिका ७ भागरा गाउ स्थित गिरुवारी खोलामा डुवेर बालकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलवार साझ ५ बजेको समयमा साथीहरुसंग पौडि खेल्न गएका  सोहि ठाउका वर्ष ७ का बालक क्षितीज महतोको डुवेर ज्यान गएको हो
पौडि खेल्ने समयमा महतो डुवपछि  संगै गएका साथीहरुले अभिभावकलाई खबर गरेका थिए । बालकलाई निकालेर मध्यविन्दु अस्पतालमा उपचारकालागी ल्याईएको भए पनी अस्पतालले  मृत घोषणा  गरेको प्रहरीले जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal