Saturday, May 21, 2016

दुई दुर्घटनामा एकको मृत्यु, ११ घाइते

रामकुमार श्रेष्ठ
कावासोती, ८ जेठ । नवलपरासीको अरुणखोलामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको ज्यान गएको छ ।
नयांबेलहानी ८ मा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक र बुटवलबाट नारायणगढ आउंदै गरेको बा ८ च ९१३ नम्बरको कार एक आपसमा ठक्कर खांदा कारमा सवार ४ जना घाइते भएका थिए ।
घाइते मध्ये बुटवल उपमहानगरपालिका १४ निवासी ४० बर्षीय गणेश गैरेको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गैरे यातायात व्यवसायी एवम् भलाई कोष रुपन्देहीका पूर्व सचिव हुन् ।
दुर्घटनामा परी कार चालक ख्याम पौडेल, कारमा सवार विद्या गैरे र बर्षा गैरे घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका ८ चालिस किलोमिटर जंगलमा शनिबार विहान भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार विहान पौने ६   बजेतिर  काठमाण्डैबाट लुम्बीनी उत्सवकालागी हिडेको तिर्थयात्री बोकेको  लु १ ख ७६,६९ नम्बरको बस आफै अनियन्त्रीत भई  रुखमा ठोकिन पुग्दा भएको सवारी दुर्घटनामा परि चालक गम्भिर घाईते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाईतेको  मध्यविन्दु अस्पतालमा उपचारपछि फर्किएको र चालकलाई बुटवल पठाईएको प्रहरीले  जनाएको छ ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal