नवलपरासी, ८ जेठ ः दश करोडको लागतमा नवलपरासीको सुनवलस्थित ज्यामिरेदेखि रामग्रामहुँदै हरकट्टा जोड्ने सडक निर्माण हुने भएको छ । बुद्ध सडकको रुपमा विस्तार गरिने उक्त सडकको निर्माण कार्य तत्काल सुरु हुने प्रकृयामा छ ।
स्थानीयवासीहरुको माग अनुसार क्षेत्र नं. ४ का सभासद बैजनाथ चौधरीको पहलमा अर्थ मन्त्रालयले उक्त योजनाका लागि रकम छुट्टाएको हो । निर्माण कार्य दुई खण्डमा सुरु हुने छ । पहिलो खण्डमा ज्यामिरेदेखि सुरु भई रामग्राममा सम्पन्न हुने सडक का लागि पाँच करोड रुपैयाँ छुट्टाइएको छ । त्यस्तै दोस्रो खण्डमा रामग्रामदेखि हरकट्टा जोड्ने सडकका लागि पाँच करोड रुपैयाँ छुट्टाइएको सभासद चौधरीले जानकारी दिनुभयो । निर्माणका कार्यका लागि सडक डिभिजनले टेण्डर निकाल्ने प्रकृया सुरु गरेको छ । उक्त बाटो निर्माण भएपछि लुम्बिनीबाट निर्माण गर्न लागिएको बृहत्त बुद्ध सर्किटलाईसमेत सहयोग मिल्ने छ भने स्वास्थ्य र सदरमुकाममा रहेका सरकारी कार्यालयको काम लिन स्थानीयलाई सहज हुने छ ।
त्यस्तै ४ नम्बर क्षेत्रको खानेपानी विकासका लागि सभासद चौधरीको पहलमा तीन करोड ७० लाख रुपैयाँ को योजनामा रकम विनियोजन भएको छ । उक्त योजनाका लागि अर्थ मन्त्रालयले रकम छुट्टाइसकिएकाले केही दिनमा खानेपानी डिभिजन कार्यालयले काम सुरु गर्ने छ । जसअन्र्तगत परासी बृहत खानेपानी योजना, रामग्राम खानेपानी योजना वैरिहवा र भूमही बृहत खानेपानी योजनाका लागी १,१ करोड गरि तीन करोड रुपैयाँ छुट्टाइएको छ । त्यस्तै सुनवल लौकेश्वर खानेपानी योजनाका लागि ४५ लाख र वनकट्टी खानेपानी योजनाका लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ ।
सञ्चार सुुविधाको माग गर्दै आएका सुनवल वनकट्टीका स्थानीयको माग अनुसार सो क्षेत्रमा एकसय लाईन टेलिफोन विस्तार हुने भएको छ । जसका लागि रामनगरको जर्गाहास्थित प्रहरीको युक्ती महाविद्यालय तालिम केन्द्रमा टावरको स्थापना गरिने भएको छ । उक्त योजना तत्कालै सुरु हुने छ ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment