नवलपरासी, ८ जेठ ः सदरमुकाममा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताललाई ५१ शैयाको बनाउने तयारी सुरु सुरु गरिएको छ ।
स्थानीयवासीहरुले पटकपटक अस्पतालको स्तरबृद्धि गर्न माग गर्दै आएका थिए । महिना दिन अघि अस्पताल हस्तान्तरण कार्यक्रममा पुगेका स्वास्थ्यमन्त्री रामजनम चौधरीले ५१ शैयाको वनाउने प्रतिबद्धता जनाएपछि त्यसका लागि प्रकृया अघि बढाइएको अस्पताल विकास समितिकी अध्यक्ष लक्ष्मी क्षेत्रीले बताईन् ।
भारतीय दुतावासको सहयोगमा पाँच वर्ष अघि निर्माण सम्पन्न गरिएको जिल्ला अस्पताल महिना दिन अघि मात्र हस्तान्तरण गरिएको हो हाल २५ शैया सञ्चालन रहेमो जिल्ला अस्पतालको स्तरबृद्धि गर्न स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालको नेतृत्वमा आएको तीनसदस्सिय सर्वेक्षण टोलीले सर्वे गरेपछि स्थानीयहरु अस्पताको विकास हुनेमा विश्वस्त बनेको अस्पताल विकास समितिकी अध्यक्ष क्षेत्रीले बताईन् ।
सर्वेक्षणमा आएको उक्त टोलीले स्थानीय राजनीतिकदल, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवालाहरुसँग परासी क्षेत्रको स्वास्थ्य सेवाको स्तरबृद्धिको आवश्यकताका बारेमा जानकारी लिएको थियो । सो क्रममा दलका प्रतिनिधि र सरोकारवालहरुले दाउन्ने पश्चिम रहेका परासी क्षेत्रका स्थानीयवासीहरुले स्वास्थ्य सेवा लिन भैरहवा, बुटवल र अन्यन्त्र जानुपर्ने भएकाले तत्काल स्तरबृद्धि गर्न टोलीसमक्ष माग गरेको थियो ।
सरोकारवालाहरुको सुझाव पश्चात स्वास्थ्य मन्त्रालयका अर्का उपसचिव गजेन्द्रनारायण शर्माले स्तरबृद्धि गर्न आवश्यक पर्ने भवनसमेत अस्पतालमा पहिलेनै रहेकाले समस्या नहुने बताए । उनले प्रकृयामा लैजान केही समय लाग्ने भएकाले त्यसका लागि स्थानीय स्तरबाट पनि पहल आवश्यक रहेको बताएका थिए ।
विभिन्न प्रकृया पूरा गरेपछि मन्त्री परिषद्को स्विकृतमा अस्पतालको स्तरबृद्धि हुने र त्यसका लागि बढीमा एक वर्ष लाग्न सक्ने टोलीले जानकारी दिएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
Post a Comment