Monday, May 9, 2016

ज्ञवालीको रिहाई गर्न माओवादीको माग

कावासोती, २७ बैशाख ।
गत बैशाख २१ गते अर्घाखांचीमा पक्राउ परेका विप्लबले नेतृत्व गरेको नेकपा माओवादी अर्घाखांचीका सेक्रेटरी गंगा ज्ञवाली सुमनको रिहाईको माग गर्दै आज कावासोतीमा प्रदर्शन गरिएको छ ।
नेकपा माओवादी नवलपरासीको आयोजनामा आज कावासोतीको फलफूल चोकमा नाराबाजीका साथै प्रदर्शन गरिएको हो ।
अर्घाखांचीको नरपानीमा रहेको चुनढुंगा खानीको विषयमा दलहरुबीच विवाद हुंदा भएको आगलागीको घटना आफ्नो पार्टीले घटाएको झुटा मुद्दा प्रशासनले लगाएको माओवादीले जनाएको छ ।
कावासोतीको फलफूल चोकमा भएको विरोध सभामा बोल्दै नेकपा माओवादी नवलपरासीका जनवर्गीय संगठन इन्चार्ज चितलसिं राना मंगलसेनले सुमन ज्ञवालीलाई तत्काल रिहा गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रदर्शनको क्रममा माओवादीका कार्यकर्ताहरुले राष्टिय स्वाधिनताका पक्षका साथै, ज्ञवालीलाई झुटा मुद्दा लगाइएकोले तत्काल रिहा गर्न माग सहितको नाराजुलुस गरेका थिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal