नवलपरासी, २० जेठ ।
नवलपरासीका सञ्चारमाध्यममहरुले बालअधिकारको पक्षमा आवाज उठाउन माग गरिएको छ ।
नवलपरासीको प्रसौनीमा रहेको सगरमाथा बाल क्लब र कावासोतीको दीपआर्दश बाल तथा युवा सरोकार मञ्चले संयुक्त रुपमा यस्तो माग गरेको हो ।
उनीहरुले नवलपरासीको कावासोतीमा रहेको सञ्चार गृहहरुलाई ज्ञापन पत्र बुझाएर यस्तो माग गरेका हुन् ।
१६ बर्ष मुनिका बालबालिकाहरु नेपालको जनसंख्याको ४२ प्रतिशत र १८ बर्ष मुनिका बालबालिकाहरु ४८ प्रतिशत रहेको अवस्थामा सोही अनुसार समाचार लगायत अन्य गतिविधिहरुलाई स्थान दिइनु पर्ने र उनीहरुको अधिकार सवालमा आवाज उठाउन माग गरिएको हो ।
ज्ञापन पत्रमा सगरमाथा बाल क्लब प्रसौनीका अध्यक्ष खिमानन्द देवकोटा र दिपआर्दश बाल तथा युवा सरोकार मञ्च का शोभा जिसीको हस्ताक्षर गरेका थिए ।
Post a Comment