Friday, June 3, 2016

ल्यान्डलाईन फोनमा समस्या आउदा सेवाग्राहि मारमा

नवलपरासी, २१ जेठ ।
 नवलपरासी सहितका लुम्बीनी अंचलका जिल्लाहरुमा नेपाल टेलिकमको ल्यान्डलाईन फोन सेवामा समस्या आएपछि सेवाग्राहि हैरान भएका छन ।
विगत ३ महिनाबाट फोन सेवामा समस्या आएको भए पनि गएको ३ दिनबाट बढि समस्या आएपछि सेवाग्राहि आक्रोशित बनेका छन ।
ल्यान्डलाईन फोनबाट सम्पर्क गर्दा डायलटोन नबज्ने, फोन नलाग्ने, लागे पनि एक घण्टी बजेपछि काटिने, बोल्दाबोल्दै पनि पटक पटक काटिदा सेवाग्राहि आक्रोशित नै बनेका छन । खासगरी ल्यान्डलाईन फोन सेवा बढी प्रयोग गर्ने यहाका संचार माध्यम, संघसंस्था, वित्तीय संस्था, कार्यालयहरु ब्ढि मारमा परेका छन ।
“रेडियो कार्यक्रमकालागी फोनबाट अन्तवार्ता लिनलागेको सुरुमा फोन लाग्दै नलागेर हैरानी भयो, लागे पछि पनि पटक पटक काटिएर अन्तवार्ता नै लिन पाईएन कावासोती स्थित रेडियो सामथ्र्यका वेद प्रसाद न्यौपानेले गुनासो गरे ।
यस्तै सिनेट कम्प्युटरका  भरत सर्मा पोख्रेलले पनी फोनमा समस्या हुदा ग्राहक समेत आक्रोशित बन्दा व्यवसायमा पनी असर पुगेको गुनासो गरे ।
नेपाल टेलिकम भैरहवाका ईन्जीनियर प्रमोद कुमार सिंहले लुम्बीनी अंचलका केहि जिल्लाहरुमा  नया सिस्टम (नेक्स्ट जेनेरेशन नेकवर्क ) द्धारा लाईन वितरण गर्नकालागी सिफ्टिङ्गको कार्य भैरहेकाले यो समस्या आएको बताए ।
१०÷१२ स्थानमा पुरानो सिस्टम भएकाले नया सिस्टमकालगी  सिफ्टिङ्गको कार्य भैरहेकाले यो समस्या अझै केही समयसम्म हुने सिंहले बताए । सिफ्टिङ्गकालागी करीब ५ महिना लाग्ने उनको भनाई छ । धेरै समस्या भएका स्थानहरुमा छिट्टो पुरा गर्ने गरि काम भैरहेको उनले बताए । सिफ्टिङ्गको कार्य पुरा नहुदा सम्म सामान्य समस्या भने भैरहने उनले जानकारी दिए ।

Post a Comment

विचार

स्वास्थ्य

बिचित्र

 
Copyright © 2016 Daunne Online Shared by Midnepal