कावासोती, १ अषाढ । नवलपरासीको कावासोती–६ मा गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण गरिएको छ । कावासोती–६ मा रहेको मातृभूमी युवा क्लवले क्लवद्धारा सञ्चालित प्रजनन् स्वास्थ्य क्लिनिकमा नियमित रुपमा जाँच गराउने १६ जना गर्भवती महिलालाई सुपानेट झुल वितरण गरेको हो ।
शिवमन्दिर स्वास्थ्य चौकी कावासोती–३ को सहयोगमा बुधबार एक कार्यक्रमको आयोजना गरी गर्भवती महिलाहरुलाई सुपानेट झुल वितरण गरिएको हो । गर्भवती भएको तिन महिना पुरा भई नियमित रुपमा स्वास्थ्य जाँच शुरु गरेका महिलालाई झुल वितरण गरेको क्लवका अध्यक्ष भरत गौडेलले बताए ।
Post a Comment